सामुदायिक रेडियो आफ्नो एफएम डडेल्धुरा द्वारा बाल गृहका बालकलाई खाद्यान्न,फलफुल,तथा स्टेशनरी सामाग्री वितरण 

उक्त कार्यक्रममा वेथस्दा बाल गृहका अध्ययक्ष जितेन्द्र ताम्रकार, रेडियो आफ्नो एफएमका संयोजक विजय कुमार मानन्धर पुुुर्व आफ्नो एफएम क्रर्मी जीत राज भटट्, राज मनराल , संस्थाका संयोजक विजय कुमार मानन्धर रेडियो आफ्नो एफएमका कर्मचारी लगाएतको

पत्रकारहरुको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम डोटीमा सम्पन्न

पत्रकारहरुको क्षमता विकासका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार देखि डोटीको दिपायलमा सुरु भएको अभिमुखीकरण कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको हो । उक्त कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूपश्चिम प्रदेशसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कार्यक्रमको आयोजना गरेको थियो ।

डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद

डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक( एसपी) शारदाप्रसाद चौधरीले बताए।

आदर्श गाउँपालिका ७ को पहिलो निर्णय : निवर्तमान सरकारका आर्थिक अनियमितता बारे छानबिन गर्ने

आदर्श गाउँपालिका वडा नं ७ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकबाट निवर्तमान स्थानीय सरकारका पालामा भएका आर्थिक अनियमितता बारे छानबिन गर्न समिति गठन गरिएको छ । निवर्तमान वडाको सरकार रहँदा विवादमा आएका योजना, आर्थिक अनियमितताको आरोप लागेका योजना तथा व्यक्ति र जनप्रतिनिधिका विषयमा छानबिन गर्न वडा सचिव डम्मर राज ओझा सदस्य सचिव रहने गर्ने नवनिर्वाचित वडा सदस्य डमर बहादुर बागको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले अनियमितताको आरोप वा सत्यता बाहिर ल्याएर जनतालाई प्रष्ट जानकारी गराउने

जापान कराते डो.को शिकाई सितोरियो संघ डोटीको कोषाध्यक्षमा शुनिल नेपाली चयन

डोटी: कराते डो. कोशीकाई सितोरियो संघ डोटीको कोषाध्यक्षमा शुनिल नेपाली ,अध्यक्षमा प्रिन्स नेपाली चयन भएका छन् । विहिबार बसेको केन्द्रीय समितिको बैठकबाट डोटी जिल्ला समिति गठन गरि नेपालीलाई अध्यक्ष चुनियको जिल्ला खेलकुद विकास समिती डोटीका कार्यालय प्रमुख हर्क बहादुर बोगटीले जानकारी दिए । जापान कराते डो. कोशीकाई सितोरियो संघ नेपालका केन्द्रिय कराते प्रमुख तथा महासचिव सिहान अभषेक सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले उपाध्यक्षमा ईन्दु विष्ट, दिपक बोहरा, नवराज नेपालीलाई चयन गरेको छ ।

जापान कराते डो.को शिकाई सितोरियो संघ डोटीको अध्यक्षमा प्रिन्स नेपाली चयन

राज पार्कि, डोटी :जापान कराते डो. कोशीकाई सितोरियो संघ डोटीको अध्यक्षमा प्रिन्स नेपाली चयन भएका छन् । विहिबार बसेको केन्द्रीय समितिको बैठकबाट डोटी जिल्ला समिति गठन गरि नेपालीलाई अध्यक्ष चुनियको जिल्ला खेलकुद विकास समिती डोटीका कार्यालय प्रमुख हर्क बहादुर बोगटीले जानकारी दिए ।जापान कराते डो. कोशीकाई सितोरियो संघ नेपालका केन्द्रिय कराते प्रमुख तथा महासचिव सिहान अभषेक सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले उपाध्यक्षमा ईन्दु विष्ट, दिपक बोहरा, नवराज नेपालीलाई चयन गरेको छ ।

कक्षा १२ को परीक्षा आजदेखि  सुरु 

काठमाण्डाै – आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । आजदेखि सुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

हिजोदेखि हराइरहेको जहाज भेटियो

काठमाण्डाै – हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जनाकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थसाङ-२ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

 नदीमा डुबेर २ बालकको मृत्यु

कैलालीकाे धनगढीस्थित नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। चटकपुर-राजघाट जोड्ने पुलको मुनि मोहना नदीमा पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो।

हराएको जहाज जलिरहेको अवस्थामा फेला ?

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी)