ह्वाट्सएप र फेसबुकबाट हुन्छ नेपालमा सबैभन्दा धेरै साइबर अपराध

काठमाडौं । नेपालमा साइबर अपराध तथा अनलाइन ठगीका घटना फेसबुक, मेसेन्जर र ह्वाट्सएपबाट बढी हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि  २०८०/८१ वैशाख मसान्तसम्म साइबर नेपाल प्रहरीको ब्युरोमा दर्ता भएका उजुरीलाई विश्लेषण गर्दा यस्तो तथ्य देखिएको हो । साइबर अपराधका घटनामा विशेषगरी नग्न फोटोमा पीडितको फोटो जोडेर ब्ल्याकमेल गर्ने, सामाजिक सञ्जालमा नाम र नग्न फोटो […]

प्रधानमन्त्री पुष्पकमल दाहाल चौँथो पटक पनि विश्वासको मत पाउनेमा ढुक्क

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौँथो पटक पनि विश्वासको मत पाउनेमा आफू  ढुक्क रहेको बताएका छन् । यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।” शनिवार माओवादी केन्द्रको पार्टी केन्द्रीय […]

कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की

विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीसहित अन्य मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट उनी स्वास्थ्य मन्त्री भएका हुन् । संखुवासभा घर भएका कार्की यसअघि केदार कार्की नेतृत्वको सरकार रहँदा सामाजिक विकास मन्त्री रहेका थिए । शुक्रबारै मुख्यमन्त्री […]

छापिएका छैनन् १ करोड बढी राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार नेपालमा हालसम्म १ करोड ४८ लाख जना नागरिकले राष्ट्रिय परिचयपत्र दर्ता गरिसकेका छन्। तर राष्ट्रिय परिचयपत्रको छपाइ भने ३६ लाख मात्रै हुँदा अझै एक करोड १२ लाख मानिसहरूको परिचयपत्र बनिसकेको छैन। बनेका पनि अधिकांशले यस्तो परिचयपत्र अनिवार्य नभएका कारण सरकारी निकायबाट आफ्नो परिचयपत्र लिएका छैनन्। अहिले दैनिक १८ हजार […]

अब लाइसन्स बोकिरहन नपर्ने व्यवस्था गरिँदै

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र यातायात व्यवस्था कार्यालयले राष्ट्रिय परिचयपत्रमै सवारी चालक अनुमतिपत्रको विवरण समावेश गर्न प्राविधिक कार्य भइरहेको बताएका छन्। सवारी चालक अनुमपतिपत्रहरूको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम सकिएपछि सवारी चालक अनुमतिपत्र नै बोकिरहनुपर्ने बाध्यता नहुने अधिकारीहरूको दाबी छ। तर यातायात ऐनमा सवारी चालक परिचयपत्रको छुट्टै व्यवस्था भएका कारण लाइसन्सको छपाइको काम […]

शिक्षामन्त्री श्रेष्ठका निजी सचिवले सचिवालय छाडे

काठमाडौँ–शिक्षामन्त्री सुमना श्रेष्ठका निजी सचिव दुई महिना पनि नटिकी बाहिरिएका छन् । सचिवालयको जिम्मेवारी सम्हालेको दुई महिनामै उपसचिव विजय सुवेदीले असन्तुष्टि जनाउँदै सचिवालय छाडेको स्रोतले जनाएको छ । मन्त्री श्रेष्ठले निजी सचिवालयमा प्रशासन सेवाका उपसचिव सुवेदीलाई विश्वास गरेर ल्याएका ल्याएकी थिइन । सुवेदीले आइतबारदेखि सचिवालय छाडेका हुन् । सुवेदीले मन्त्री श्रेष्ठलाई अघिल्लो शुक्रवार भेटेर सचिवालयमा […]

निर्माणाधीन संसद् भवनको छानबिन गर्दै सतर्कता केन्द्र

काठमाडौँ । सिंहदरवारभित्र निर्माण भइरहेको संघीय संसद भवनमा कम गुणस्तरको सामग्री प्रयोग भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ । सतर्कता केन्द्रले लावन्यराज दाहालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । संसद भवन निर्माण सम्बन्धी सम्पूर्ण खरिद प्रक्रियाको बारेमा समितिले अध्ययन गर्ने सतर्कता केन्द्रले जनाएको छ । साथै भवन निर्माणमा […]

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भारतको सर्वोच्च अदालतले दियो ‘अन्तरिम जमानत’

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। उक्त अदालतका दुई जना न्यायाधीशहरू सम्मिलित एक इजलासले उनलाई अन्तरिम जमानत दिने निर्णय गरेको हो। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुन: उपस्थित हुनुपर्ने छ। केजरीवाललाई गत मार्च २१ तारिखदेखि हिरासतमा राखिएको छ। अदालतको निर्णय अनुसार अब […]

चन्द्रमामा फोरजी सेवा विस्तार गर्दै नासा र नोकिया

काठमाडौं । चन्द्रमामा स्ट्रिमिङ तथा मेसेजिङ फिचर उपलब्ध गराउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र सूचना प्रविधि कम्पनी नोकियाले सहकार्य ‍गर्ने भएका छन् । नासाको आर्टेमिस परियोजनाका लागि सेलुलर कनेक्सन आवश्यक पर्ने भएकाले यी दुई कम्पनीबीच सहकार्य हुन लागेकाे हाे । सीएनएनको एक रिपोर्ट अनुसार उनीहरूले ‍चन्द्र सतहमा फोरजी नेटवर्क सुरु गर्नेछन् । यसले आर्टेमिस परियोजनामार्फत […]

१०० दरका नयाँ नोटले समस्या निम्त्याउने चिन्ता, नेपालको निर्णयप्रति भारतको असन्तुष्टी

नेपालले अद्यावधिक नक्सा राखेर १०० रुपैयाँ दरका नयाँ नोटहरू प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको विषयमा भारतले असन्तुष्ट प्रतिक्रिया जनाउँदा नेपाल सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले यो निर्णय “नियमित प्रक्रिया” भएको बताएकी छन्। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री शर्माले राष्ट्र ब्याङ्कमा पुरानो नक्सा भएका ब्याङ्क नोट सिद्धिन लागेका कारण नयाँ […]