काठमाडौं – नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।
____________________ बिज्ञापन __________________

मंगलबार राष्ट्र बैंकले सूचना जारी गरेर साविककै आकार तथा रंगमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो। उक्त्त नयाँ नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहनेछ।
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटमा अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ।
____________________ बिज्ञापन __________________


यस्तै, निवर्तमान गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं २०८१ लेखिएको हुनेछ।
नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहनेछ।
यसअघि बैंकले २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरे पनि आजदेखि संकेत नं.प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइने बताएको छ।
____________________ बिज्ञापन __________________
