तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले

समाचार खुड्किलो

बैशाख १, काठमाडौं  । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको तीनकुनेमा चैत १५ गते उनका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनबारे धारणा सार्वजनिक गरेका छन्।

____________________ बिज्ञापन __________________

आइतबार नयाँ वर्षको उपलक्ष्यमा पूर्वराजा शाहले जारी गरेको एक भिडियो सन्देशमा तीनकुने घटनाबारे पनि बोलेका छन्।

उनले तीनकुने घटनालाई हिंसात्मक र दु:खद भनेका छन्।

‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।

____________________ बिज्ञापन __________________

चैत १५ गते राजसंस्था पुनस्थापनाका लागि गठित जनआन्दोलन समितिको नेतृत्वमा तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो।

त्यतिबेला राजावादी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो।

घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईं शुक्रबार पक्राउ परेका थिए। उनीविरू राज्यविरूद्धको कसुरमा अनुसन्धानका लागि १२ दिन म्याद थप भएको छ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पनि पक्राउ परिसकेका छन्।

उनीहरू काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

१ महिना अगाडि
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै
१ महिना अगाडि
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
१ महिना अगाडि
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट
१ महिना अगाडि
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
१ महिना अगाडि
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले
१ महिना अगाडि
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद
१ महिना अगाडि
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
४ महिना अगाडि
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते