उदयपुर र खोटाङ जोड्ने सुनकोशी नदी माथीको पक्की पुल बाढीले बगायो

समाचार खुड्किलो

उदयपुर । केहि दिनयताको अविरल बर्षा पछिको बाढीले सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खोटाङ जोड्ने फोक्सिन्टार स्थित संचालित आर्क डिजाईनको पक्कीपुल शनिवार बगाएको छ । सुनकोशीमा आएको अत्यधिक बाढीले सो पक्कीपुल बगाएको छ ।

____________________ बिज्ञापन __________________


पुल नाघ्नेगरी उर्लिएको बाढीले पिलर भाँचेर पुल बगाएको स्थानीयलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । शनिवार पुल भत्किएपछि हाललाई सो क्षेत्र हुँदै खोटाङसंगको सडक सम्पर्क विच्छेद भएको छ ।

उदयपुरको रौतामाई ५ आँपटार फोक्सीनटार र खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्किराम्चे सिमानामा पर्ने सुनकोशी नदीमाथी आर्क डिजाईनमा निर्माण गरिएको उक्त पक्की पुल २०७९ पुष ७ गते देखि अनौपचारिक रूपमा सन्चालनमा ल्याइएको थियो ।
पहिलो पटक २०६९ चैत्र २३ गते ठेकेदार कम्पनी गौरी पार्बती वाईपी जेभिसँग २०७३ चैत्र २२ सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएतापनी विभिन्न कारण देखाउदै निर्माण कम्पनिले ढिलाई गरेको थियो । उक्त पुलको बेरिङकोट,एप्रोज रोड लगायतका काम पूर्ण रूपमा नसकिकनै यातायात सन्चालनमा ल्याईको थियो ।

____________________ बिज्ञापन __________________

अविरल बर्षाका कारण आएको अत्यधिक बाढीका कारण पुल बगाएपछि दक्षिणी खोटाङको खोटेहाङ, बराहपोखरी लगायतको ठाउँलाई तराईसङ्ग जोड्ने छोटो दुरीको रूपमा स्थापित सडक अबरुद्ध हुनपुगेकोछ ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

२ हप्ता अगाडि
तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै
२ हप्ता अगाडि
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
२ हप्ता अगाडि
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट
२ हप्ता अगाडि
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने
२ हप्ता अगाडि
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले
२ हप्ता अगाडि
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद
२ हप्ता अगाडि
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु
३ महिना अगाडि
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते