बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १९५ जनाको मृत्यु , ४ सय ८ घर डुबानमा

समाचार खुड्किलो

काठमाडौं ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९५ जनाको मृत्यु भएको हो ।

____________________ बिज्ञापन __________________

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४७ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ४२ वटा घर, १ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।

____________________ बिज्ञापन __________________

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

४ दिन अगाडि
आइतबारदेखि थाहा फिल्म फेस्टिभल हुने
४ दिन अगाडि
सातै प्रदेशमा आज वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात
४ दिन अगाडि
हरिवंशको ‘भूठान’ वैशाख १२ मा आउने
४ दिन अगाडि
‘ममी’ पोस्टरमा डराएकी प्रियंका
६ दिन अगाडि
रवि ८४ दिनपछि हिरासतबाट छुटे , ६५ लाख धरौटीमा रिहा
६ दिन अगाडि
किन जिमेलमै निर्भर छन् नेपालका सरकारी कार्यालय ?
६ दिन अगाडि
रविसहित सातै जनालाई अदालत लगियो, थुनछेक बहस जारी, आजै फैसला आउने सम्भावना
६ दिन अगाडि
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने सरकारको तयारी