Search
Close this search box.

राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनको आह्वान, प्रधानमन्त्रीमा दाबी गर्न शीतलनिवासमा कांग्रेस-एमाले नेताहरू

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम आइतबार ५ बजेसम्मका लागि सरकार गठनको आह्वान गरेका हुन्।प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

____________________ बिज्ञापन __________________

नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आजै साझ  राष्ट्रपति भवन शीतलनिवास पुगेकाछन् । कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

संसद्‌का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

राष्ट्रपतिको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा शितलनिवास गएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘आज दाबी पेस गरिएको छ, नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपतिको कुरा हो,’ उनले भने ।

____________________ बिज्ञापन __________________

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो । लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्‌हरुसँग छलफल गरेका थिए ।

संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्‌हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

२ दिन अगाडि
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा
४ दिन अगाडि
पदक विजेता पलेसालाई सरकारले दियो ६५ लाख पुरस्कार
५ दिन अगाडि
एआइपिएस एसिया र सिएमआर नेपाल
६ दिन अगाडि
नेपाली चेस टोलीले हंगेरीको भिसा प्राप्त गर्न सकेन, अष्ट्रेलियाबाट पुगेका विवेकले मात्र खेल्ने
७ दिन अगाडि
पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको साथ निरन्तर
१ हप्ता अगाडि
अष्ट्रेलियाको राजदूतमा पूर्वउपसभामुख चित्रलेखा यादव सिफारिस
१ हप्ता अगाडि
मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव सहित ४ जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायले पाए सफाइ
१ हप्ता अगाडि
पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए राजीनामा, कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई