लागुऔषध सहित १२ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय राजेश मादेन, २६ बर्षीय राकेस मादेन, मन्जिल लिम्बु, ३९ बर्षीय तिलक गुरुङ र २८ बर्षीय सरोज बस्नेतको साथबाट ४ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । […]
खोलामा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजकुमार राईको ९ बर्षीय छोरा राज राई र टंकराम राईको ११ बर्षीय छोरा अर्जुन राई रहेका छन् । शुक्रबार दिउँसो बिद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुबैजनाको डुबेर मृत्यु भएको थियो भने […]
काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

जनकपुरधाम । नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगद सहित सम्मान गरेको छ । भलिबल संघले थापाथलीस्थित कार्की बैंक्युटमा कार्यक्रम आयोजना गर्दै काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार […]
भारतीय क्रिकेटर शिखर धवनले गरे सन्यासको घोषणा

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् । […]
डेंगी रोगको संक्रमण ७५ जिल्लामा, हुम्ला र मुस्ताङमा देखिएन

काठमाडाैं । वर्खायाम लागेसँगै डेङ्गी र हैजा रोगको संक्रमण बढेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको संक्रमण ७५ जिल्लामा पुगेको छ। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको संक्रमण देखिएको बताए। ७५ जिल्लामा ५ हजार एक सय १९ जनामा डेङ्गी रोगको संक्रमण देखिएको […]
भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै नागरिक प्रदर्शन

काठमाडौं । भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै शनिबार बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । बृहत् नागरिक आन्दोलन र रुवि खानाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका हुन्। काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरुले प्रदर्शन गरेका हुन् । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ । सो […]