तराई मधेशमा आज ‘जुडशीतल’ पर्व मनाइँदै

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुई दिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अंग भएको बताइएको छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना […]
निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ […]
२०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ । वि.सं. २०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। यसअघि गत वर्ष एक लाख ८६ हजार पुगेर कीर्तिमान बनाएको सुन यस वर्ष घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। महासंघा अनुसार आज सुन एक लाख […]
नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौं – नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। मंगलबार राष्ट्र बैंकले सूचना जारी गरेर साविककै आकार तथा रंगमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो। उक्त्त नयाँ नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहनेछ। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटमा अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ […]
तीनकुने घटनाबारे पूर्वराजा शाहले मुख खोले

बैशाख १, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको तीनकुनेमा चैत १५ गते उनका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनबारे धारणा सार्वजनिक गरेका छन्। आइतबार नयाँ वर्षको उपलक्ष्यमा पूर्वराजा शाहले जारी गरेको एक भिडियो सन्देशमा तीनकुने घटनाबारे पनि बोलेका छन्। उनले तीनकुने घटनालाई हिंसात्मक र दु:खद भनेका छन्। ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको […]
सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा एक सय ८० किलोग्राम गाँजा बरामद

बैशाख १, उदयपुर । सोमबार राती करिब दुई बजेको समयमा उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा अन्दाजी एक सय ८० किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला बरामद गरिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय […]
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारा सहित भर्ना अभियान सुरु भएको हो । सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न नेपाल सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै विद्यालय जाने उमेरका […]
कुम्भमेलाको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि, कम्तीमा ६० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलामा बुधबार बिहान भएको भागदौडमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । भारतीय अधिकारीहरूले भागदौडमा कम्तीमा ६० जना घाइते भएको जनाएका छन् । अधिकारीहरूका अनुुसार मृतकमध्ये २५ जनाको पहिचान भइसकेको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको महाकुम्भका डिआईजी बैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । बुधवार […]
१३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन

काठमाडौं | अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने भएकोछ। आईसीईको सूचीअनुसार अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरसका नागरिक छन् । होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासनमा पर्नेछन् । त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ […]
सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति र आपत्ति […]
विद्यालय शिक्षा विधेयक टुङ्ग्याउन सत्तारुढ दल आन्तरिक तयारीमा

काठमाडौँ । प्रतिनिधिसभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक टुङ्ग्याउन सत्तारुढ दल नेपाली काँग्रेस र एमाले आन्तरिक तयारीमा जुटेका छन् । दलहरूले विधेयकको हरेक दफामा पार्टीको आधिकारिक धारणा बनाउन सुझाव समिति समेत गठन गरेको पाइएको हो । काँग्रेसले विधेयक माथि छलफल गरेर सुझाव संकलन गरिरहेको छ भने एमालेले आन्तरिक रूपमा एउटा […]
आइतबारदेखि थाहा फिल्म फेस्टिभल हुने

काठमाडौँ — थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण यही पुस २८ गते, आइतबारदेखि माघ १ गते, मंगलबारसम्म आयोजना हुने भएको छ। शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिने भएका छन्। महोत्सवमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट जम्मा २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको हो। मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा […]