शिक्षक सरुवामा व्यवस्थापन समितिको सहमती आवश्यक नपर्ने व्यवस्थाको तयारी

काठमाडौं – शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयले शिक्षक सरुवाको नयाँ मापदण्ड बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ऐन र नियमावलीमा भएको सरुवा सम्बन्धी प्रावधानलाई समेटेर नयाँ मापदण्ड बनाउन लागिएको हो । शिक्षक सरुवामा पहुँचवाला र पैसाको चलखेल हुने गरेको गुनासो छ । यही गुनासो रोक्न मन्त्री सुमना श्रेष्ठले नयाँ मापदण्ड ल्याएर रोकिएको सरुवा […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ […]

संघीय सरकारले साढे २४ अर्ब ४८ करोड रूपैयाँ रोकेपछि समस्यामा स्थानीय तह

संघीय सरकारले स्थानीय तहलाई वैशाख मसान्तअघि पठाइ सक्नुपर्ने २४ अर्ब ४८ करोड रूपैयाँ अझै पठाएको छैन। स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने समानीकरण (निःसर्त) अनुदानमध्ये २५ प्रतिशतभन्दा बढी (साढे २४ अर्ब रूपैयाँ) नपठाइएपछि स्रोत व्यवस्थापनमा समस्या भएको छ। स्थानीय तहको पुँजीगत खर्चका लागि मुख्य स्रोतका रूपमा रहेको वित्तीय समानीकरण अनुदानकै ठूलो रकम संघीय सरकारले नपठाएपछि स्थानीय तहका […]