Search
Close this search box.

प्रधानमन्त्री पुष्पकमल दाहाल चौँथो पटक पनि विश्वासको मत पाउनेमा ढुक्क

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौँथो पटक पनि विश्वासको मत पाउनेमा आफू  ढुक्क रहेको बताएका छन् ।

____________________ बिज्ञापन __________________

यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।”

शनिवार माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले जेठ ७ गते आफूले चौँथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै अब जति पटक लिनुपरे पनि विश्वासको मत लिन तयार नै हुनुपर्ने अवस्था रहेको बताए । उनले विश्वासको मत आउँछ कि आउँदैन भनेर चिन्ता नलिन समेत आग्रह गरे ।

उनले भने, ‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौँथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौँ पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ । तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ ।’

____________________ बिज्ञापन __________________

प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए । उनले आफूले संसद्को अवरोध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए ।

‘बिहान प्रमुख प्रतिपक्षसँग छलफल भएको थियो । अहिले नेकपा एमालेसँग छलफल छ । भोलि बिहानसम्म कतै न कतै एउटा टुंगोमा पुगोस् भनेर लागेको छु, यो हुन्छ भन्ने विश्वास छ, यसले नीति तथा कार्यक्रम पास गर्न पनि सहज होस् र विश्वासको मत लिन पनि सहज बनाओस् भन्ने हो । मेरो जोड यसमै छ,’ उनले भने ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

३ दिन अगाडि
कति थरी कर तिरिरहनु भएको छ? थरीथरी सरकार थरीथरी कर, साढे आठ खर्ब रुपैयाँको राजस्व सङ्कलन
३ दिन अगाडि
भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस
३ दिन अगाडि
कोशीमा हतारमा बजेट पारित, सत्तापक्षकै असन्तुष्टि
६ दिन अगाडि
संसद भवनभित्रै गोली लागेको अवस्थामा प्रहरीका एक जवान मृत फेला
६ दिन अगाडि
रुसी राष्ट्रपति पुटिन प्योङ्याङमा, उनी उत्तर कोरिया जानुका तीन कारण
६ दिन अगाडि
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै , पहिलो औपचारिक विदेश भ्रमण
६ दिन अगाडि
नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा ल्याउने तयारी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मन्त्री बन्न सक्ने
६ दिन अगाडि
आँप लहानमा पर्छ किलोको ३५