Search
Close this search box.

दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौं – घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई पराजित गरेको

____________________ बिज्ञापन __________________

मंगलबार राति दक्षिण अफ्रिकाले भारतलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराएको हो । यससँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।

१ सय ५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा ओपनर रिजा हेन्डिक्सले २७ बलमा ८ चौका १ छक्कासहित सर्वाधिक ४९ रन बनाए

भारतका मुकेश कुमारले दुई, कुलदीप यादव र मोहम्मद शिराजले १/१ विकेट लिए ।

____________________ बिज्ञापन __________________

त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङ गरेको  भारतले १९.३ ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

भारतका रिंकु सिंह ३९ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे ।

कप्ताान सूर्यकुमार यादव ३६ बलमा ५ चौका र २ छक्कासहित ५६ रन जोडे ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोटजीले ३ विकेट लिए । तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

३ दिन अगाडि
कति थरी कर तिरिरहनु भएको छ? थरीथरी सरकार थरीथरी कर, साढे आठ खर्ब रुपैयाँको राजस्व सङ्कलन
३ दिन अगाडि
भारत र अमेरिकासहित ८ देशका लागि राजदूत सिफारिस
३ दिन अगाडि
कोशीमा हतारमा बजेट पारित, सत्तापक्षकै असन्तुष्टि
६ दिन अगाडि
संसद भवनभित्रै गोली लागेको अवस्थामा प्रहरीका एक जवान मृत फेला
६ दिन अगाडि
रुसी राष्ट्रपति पुटिन प्योङ्याङमा, उनी उत्तर कोरिया जानुका तीन कारण
६ दिन अगाडि
राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै , पहिलो औपचारिक विदेश भ्रमण
६ दिन अगाडि
नागरिक उन्मुक्ति र जनमतलाई सरकारमा ल्याउने तयारी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मन्त्री बन्न सक्ने
६ दिन अगाडि
आँप लहानमा पर्छ किलोको ३५