लागुऔषध सहित ४ जना पक्राउ

मोरङ ।  जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

बिज्ञापन

Advertisement

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement