दुई जना फरार प्रतिबादी पक्राउ

सुनसरी । झापा  र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा झापा जिल्ला अदालत झापाको मिति २०७९।०५।३१ गतेको फैसलाले ३ महिना १४ दिन कैद भई फरार रहेका कमल गाउँपालिका- ३ का २० बर्षीय सुनिल थापालाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१।०२।२६ गतेको फैसलाले लागुऔषध मुद्धामा नगद २ हजार रुपैया र १ दिन कैद भई फरार रहेका बराहक्षेत्र नगरपालिका- ३ का दिल बहादुर लिम्बुलाई अस्थाई प्रहरी चौकी नडहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

बिज्ञापन

Advertisement

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement