समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार

उदयपुरमा मधेशी संग्रहालय निर्माणमा सरोकारवालाहरुको जोड

बिज्ञापन

Advertisement

उदयपुर । उदयपुरका मधेशी समुदाय ठुला चन्दा दाता, करदाता र मतदाता मात्र नभएर ठूला रोजगार दाता समेत रहेको कोशी प्रदेश सभाका माननिय उपसभामुख सुजना दनुवारले उदयपुरको सदरमुकाम गाईघाटमा शनिवार आयोजित एक कार्यक्रममा बताउनुभएकोछ ।
सदरमुकाम गाईघाटमा “एकता, सहिष्णुता र पहिचान ः न्याय, प्रगति र आत्मसम्मान” भन्ने मूल नाराका साथ नेपाली सँस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्दै सामाजिक एकता, सहिष्णुता र सद्भावको विकास गर्ने उद्देश्यले मधेशी समाज उदयपुरले कोजाग्रत पूणर्िमाको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पान मखान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपसभामुख दनुवारले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले उदयपुरको कूल जनसंख्याको करिब ११ प्रतिशत जनसंख्या रहेको मधेशी समुदायको प्रतिनिधित्व स्थानिय तहमा न्युन हुनु, कोशी प्रदेश सभामा न्युन रहनु चिन्ताको विषय रहेको बताउनुभयो । उहाँले मधेशी समाज उदयपुरले जिल्लामा रहेका ३२ वटै मधेशी जातजातीहरुलाई समेट्न गरिएको प्रयास उदाहरणीय रहेको बताउनुभयो ।

बिज्ञापन


उपसभामुख दनुवारले कतिपय समुहहरुले समानुपातिक पद्धती, प्रदेश संरचना लगायतका प्रावधानहरु खारेजीका कुराहरु उठाईरहेको प्रति असहमति जनाउँदै यी प्रावधानहरुकै कारण अल्पसंख्यक, पिछडिएका र सिमान्तकृत वर्गबाट अहिलेको राज्यको संरचनामा प्रतिनिधिमुलक सहभागिता संम्भव भएको बताउनुभयो । सिमान्तकृत समुदायको हितका लागि समानुपातिक पद्धति आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।

मधेश आन्दोलनकै धरातलमा नेपालमा संघियता संम्भव भएको बताउँदै उपसभामुख दनुवारले मधेशी समुदाय सच्चा देशभक्त रहेको उदाहरण सिमानाका बचाउन मधेशी समुदायले लडाई लडिरहेको घटनाहरुले पुष्टी गरेको बताउनुभयो । उहाँले उदयपुरमा मधेशी संग्रहालयको माग जायज रहेको र यसको स्थापनाको लागि कोशी प्रदेश सभामा जिल्लाबाट प्रतिनिधित्व गर्ने आठ जनै प्रदेश सभा सदस्यहरुले सहयोग गर्ने प्रतिबद्धता स्वागत योग्य रहेको बताउनुभयो । मधेशी संग्रहालय निर्माणका लागि उपसभामुखको हैसियतमा आफ्नो हरसम्भव प्रयास रहने र यो कार्य सम्भव पनि रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोशी प्रदेश सभाका माननिय सदस्य नारायण बहादुर बुर्जाले आफूले जिल्लामा मगर संग्रहालय स्थापनाका लागि गरेको प्रयास सफल भएको प्रति खुशी व्यक्त गर्दै मधेशी संग्रहालय निर्माणका लागि त्रियुगा नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरिदिएदेखि प्रदेश सभा सदस्यहरुले भवन निर्माण लगायतका कार्यका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लामा मधेशी समुदाय एकजुट भएर आफनो हकअधिकारका लागि संगठित भई लडाई लडिरहेको धारणा राख्दै अगामी दिनमा जनप्रतिनिधिको रुपमा समेत निर्वाचित हुनका लागि पहलहरु गर्नुपर्ने धारणा राख्नुभयो ।

कोशी प्रदेश सभा सदस्यहरु गिता रेग्मी, लिलाकुमारी राई, सम्झना तामाङ लगायतले समेत शुभकामना मन्तव्य राख्दै मधेशी समुदायको उत्थानका लागि आ-आफ्नो तर्फबाट पहलहरु अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेशी समाज उदयपुरका कार्यवाहक अध्यक्ष रामभक्त यादवको अध्यक्षतामा आयोजना गरिएको सो शुभकामना आदान प्रदान कार्यक्रममा त्रियुगा नगरपालिकाका पूर्व उपमेयर देवी चौधरी, समाजसेवी एवं नेपाल नेत्रज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउत, नेकपा एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरे, जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष चुडामणी कार्की, महिला अधिकारकर्मी नजबुल खान(निलम), राष्ट्रिय स्वतन्त्र पार्टि उदयपुरका सभापति चित्रकुमार कार्की, नेकपा (माओवादी केन्द्र) उदयपुरका प्रतिनिधि निरज पौडेल, नेपाली काँग्रेस उदयपुरका प्रतिनिधि सरोज बस्नेत, पत्रकार कौशल चेम्जोङ लगायतले आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कोजाग्रत पूणर्िमाको महत्वको बारेमा समाजका सदस्य रामसुधीर मिश्रले प्रकाश पारेका थिए भने संस्थाको गतिविधीहरुको बारेमा महासचिव ललित शाह र कोषाध्यक्ष ओमप्रकाश गुप्ताले जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement