एसीसी यू- १९ जितेर स्वदेश फर्केको नेपाली किक्रेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू- १९ प्रिमियर कपको उपाधि जितेर नेपाली  किक्रेट टोली स्वदेश फर्केको छ । कडा प्रतिस्पर्धामा यूएईलाई हराउँदै फाइनलमा जित हासिल गरेको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेको छ । उनीहरुलाई विमानस्थलमा क्यानका पदाधिकारीहरुले फुलमाला खादाले स्वागत गरेका थिए ।

बिज्ञापन

Advertisement

मंगलबार भएको खेलमाटस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा २८० रनको बलियो स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले २ विकेट क्षतिमा ५२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि डिएल मेथड अनुसार यूएईलाई २७ ओभरमा १९८ रनको परिमार्जित लक्ष्य दिइयो । तर, यूएई १७८ रनमा अलआउट भएको छ । नेपालका अलराउन्डर आकाश त्रिपाठीले महत्त्वपूर्ण चार विकेट लिएपछि यूएई लक्ष्यसम्म पुग्न सकेन । यूएईका ध्रुव परासले आक्रामक ५९ रन बनाउँदै नेपाललाई अत्त्याएका थिए । उनको विकेटसँगै यूएई कमजोर बन्यो ।

बिज्ञापन

यसअघि नेपालका लागि कप्तान देव खनालले शानदार शतक बनाए । उनी ९२ बलमा १०० रन बनाएर आउट भएका थिए । उनले ओपनर अर्जुन कुमालसँग गरेको शतकीय साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍याएको थियो ।

यो पनि पढ्नुहोस

लागुऔषध सहित ४ जना पक्राउ
दुई जना फरार प्रतिबादी पक्राउ
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल : भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का
एसीसी यू- १९ जितेर स्वदेश फर्केको नेपाली किक्रेट टोलीलाई विमानस्थलमा भव्य स्वागत
‘भष्मे डन’को २ करोड ४० लाखको ओपनिङ
Advertisement