इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

Advertisement

नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने उनले बताए ।

बिज्ञापन

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् ।

केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

-राससबाट

यो पनि पढ्नुहोस

लागुऔषध सहित ४ जना पक्राउ
दुई जना फरार प्रतिबादी पक्राउ
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल : भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का
एसीसी यू- १९ जितेर स्वदेश फर्केको नेपाली किक्रेट टोलीलाई विमानस्थलमा भव्य स्वागत
‘भष्मे डन’को २ करोड ४० लाखको ओपनिङ
Advertisement