Search
Close this search box.

आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल : भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल बिहीबार खेलिँदैछ । उक्त खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त हुनेछ । खेल बेंगलौरको एम। चिन्नस्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

____________________ बिज्ञापन __________________

आजबाट सुरु हुँदै एक दिवसीय विश्वकप

सन् १९९६ को विजेता श्रीलङ्का र साबिक विजेता इङ्गल्यान्ड बिहीबार जारी विश्वकपमा आफ्नो अस्तित्व रक्षाका लागि भिड्ने छन् । किनभने जारी विश्वकपमा हालसम्म चार खेल खेलिसकेका यी दुवै टोलीले एक—एक जित मात्र हात पार्न सकेका छन् ।

यी दुवै टोली तीन—तीन खेलमा पराजित भइसकेका छन् । श्रीलङ्का दुई अङ्कसहित तालिकाको सातौँ र समान अङ्क बटुलेको इङ्गल्यान्ड नेट रन रेटमा पछि पर्दै आठौँ स्थानमा आसीन छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना जीवित राख्न यी दुवै टोली बिहीबारको खेल जित्नै पर्ने दबाबमा छन् ।

____________________ बिज्ञापन __________________

जारी विश्वकपमा यी दुवै टोलीले आफ्ना समर्थकलाई निराश पारेका छन् । दुवै टोलीको ब्याटिङ र बलिङ निराशाजनक देखिएको छ । इङ्गल्यान्ड आफ्नो पहिलो खेलमा साबिक उपविजेता न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो ।

विश्वकपमा आज : अस्तित्व रक्षाका लागि भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का | News  from Nepal - Ratopati

आफ्नो दोस्रो खेलमा इङ्गल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको थियो । इङ्गल्यान्डको टोली आफ्नो तेस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो । चौथो खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकासँग दुई सय २९ रनले पराजय भोगेको थियो ।

यसैगरी श्रीलङ्काले पनि जारी विश्वकपमा इङ्गल्यान्डकै जस्तो नियति भोगेको छ । श्रीलङ्काली टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग एक सय दुई रनले पराजित भएको थियो । दोस्रो खेलमा पनि श्रीलङ्काली टोली पाकिस्तानसँग ६ विकेटले हारेको थियो ।

आफ्नो तेस्रो खेलमा पनि श्रीलङ्काली टोली पाँच पटकको विजेता अस्ट्रेलियासँग पाँच विकेटले हार स्विकार्न बाध्य भएको थियो । आफ्नो चौथो खेलमा भने श्रीलङ्काली टोलीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । त्यसैले बिहीबारको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित हुने टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ ।

____________________ बिज्ञापन __________________

यो पनि पढ्नुहोस

१ दिन अगाडि
ओलीले दोस्रोपटक दुई तिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गर्दै, ३ वर्षअघि असार २८ गते सत्ताच्युत भएका अ‍ोली असार २८ गतेकै दिन प्रधानमन्त्री बन्ने पक्का
१ दिन अगाडि
राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनको आह्वान, प्रधानमन्त्रीमा दाबी गर्न शीतलनिवासमा कांग्रेस-एमाले नेताहरू
५ दिन अगाडि
उदयपुर सहित चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
५ दिन अगाडि
बाढीपहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु , ८८ जना घाइते, दुई हजार घर परिवार विस्थापित
१ हप्ता अगाडि
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले दर्जनौं सडक अवरुद्ध
१ हप्ता अगाडि
बेलायतको नयाँ प्रधानमन्त्रीमा किअर स्टार्मर, ऋषि सुनकले बुझाए राजीनामा
१ हप्ता अगाडि
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ
१ हप्ता अगाडि
‘कल्की’ बन्यो भारतमा यस वर्षकै धेरै कमाइ गर्ने फिल्म