९ कात्तिक, काठमाडौं । अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेको छ ।
बिज्ञापन
Advertisement

प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ ।
उक्त बन्दुकधारी अझै पनि खुला रूपमा हिँडिरहेकाले त्यहाँका बासिन्दासँगै नजिकैको लिज्बन सहरका बासिन्दालाई पनि सुरक्षित स्थानमा रहन भनिएको छ।
बिज्ञापन



राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे सूचित गरिएको र उनले यसबारे निरन्तर जानकारी लिने उनको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।