इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय दबाव

इजरायल र हमासबीच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ। गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्‍याउन सकियोस् भनेर उक्त युद्ध अन्त्यको माग गरिएको हो।

बिज्ञापन

Advertisement

यही अक्टोबर ७ मा आफूलाई हमासले आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। गाजामा हमासको सत्ता छ।

गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिस निकै कठिन परिस्थितिमा छन्।

बिज्ञापन

Israel declares war after Hamas surprise attack, launches retaliatory  airstrikes in Gaza | Fox News

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। तर उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।

अस्ट्रेलियाका विदेशमन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताएका छन्।गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै गएको छ। इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन्।

मंगलबार राहत सामग्री बोकेका आठ ट्रक मात्र इजिप्ट हुँदै गाजा प्रवेश गर्न पाएका छन्। राहत एजेन्सीहरूले आवश्यकताको तुलनामा यो केही नभएको बताएका छन्।  संयुक्त राष्ट्र संघका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति नगरे बुधबारदेखि काम गर्न नसक्ने बताएका छन्।

इजरायलले गाजामा इन्धन आपूर्ति बन्द गरेको छ। गाजामा इन्धन गयो भने हमाससम्म पुग्ने उसको आशंका छ। अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन्। तर यी देशले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन्।

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement