चितुवाको छाला र चरेससहित मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन पक्राउ

कैलाली – प्रहरीले धनगढीबाट चितुवाको छाला र चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

Advertisement

धनगढी उपमहानगरपालिका ४ शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका(१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढीगंगा नगरपालिका( १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेको बताए ।

बिज्ञापन

प्रहरीले उनीहरूको साथबाट ७ फिट ६ इन्च लम्बाइ तथा १ फिट १० इन्च चौडाइ भएको बाघको छाला र  प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेश बरामद गरेको जनाएको छ ।

प्रबक्ता चन्दका अनुसार लागुऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ( आरआइटी) शाखा संघीय प्रहरी कार्यालय  महेन्द्रनगर , जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले होटेलमा छापा हानी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रबक्ता चन्दले बताए ।

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement