हमासको आक्रमणमा परी मृत्यु भएका पाँच नेपालीको शव  नेपाल पठाउने तयारी

काठमाडौँ –इजरायलस्थित नेपाली दूतावासले हमासको आक्रमणबाट मारिएका पाँच विद्यार्थीको शव बुझेको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले नारायण प्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेश कुमार नेपाली , दिपेश राज विष्ट र आशिस चौधरीको शव बुझेको जनाएको छ । सो घटनामा परी दुखद निधन भएका अन्यको शव प्राप्त गर्ने क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ । […]