पारस खड्का क्रिकेट संघको सचिवमा विजयी

काठमाडौँ-  नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रत्यासी प्रशान्त बिक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

बिज्ञापन

Advertisement

पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे ।  दुई वर्षअघि क्रिकेटको व्यवस्थापनमा आउने उद्घोषसहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर यस क्षेत्रलाई संस्थागत रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

बिज्ञापन

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध रहे ।

त्यस्तै खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ, विरेन्द्र चन्द, करन महत्रा क्षेत्री भए । त्यस्तै खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन् ।

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement