धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

विराटनगर । धरान उपमहानगरपालिकामा खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने ‘कोलिफर्म’ भेटिएको छ ।

बिज्ञापन

Advertisement

धरानमा खानेपानी बोर्ड अन्तर्गत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ ।

धरानका विभिन्न सात वटा स्थानमा रहेका पानीको स्रोतबाटै नमूना संकलन गरी परीक्षण गर्दा झाडापखाला र हैला फैलाउन सक्ने कोलिफर्म भेटिएको पुष्टि भएको हो ।

बिज्ञापन

संकलित नमूनालाई खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी गुणस्तर परीक्षण प्रयोशाला इटहरीमा परीक्षण गरिएको थियो ।

संकलित सवै नमूनामा कोलिफर्म पुष्टि भएपछि त्यसको जानकारीसहित परीक्षणको प्रतिवेदन नै बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बुझाइएको छ । धरानमा वितरित पानी पिउन योग्य नरहेको भन्दै मेयर साम्पाङलाई ध्यानाकर्षण गराइएको राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिका सचिव समेत रहेका तथा पानी परीक्षणमा अगुवाई गरेका स्थानीय सुमन श्रेष्ठले बताए ।

परीक्षण गर्दा विशेषगरी खोलाको स्रोतबाट आउने पानीमा कोलिफर्म भेटिएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस

१ महिना अगाडि
सबै विश्वविद्यालयहरूलाई सूचना आयोगले दियो एकै पटक आदेश
३ महिना अगाडि
सुनका गरगहनासहित एक भारतीय नागरिक पक्राउ
३ महिना अगाडि
दक्षिण अफ्रिकासँग भारत पराजित
३ महिना अगाडि
लागुऔषध सहित ४ जना पक्राउ
३ महिना अगाडि
दुई जना फरार प्रतिबादी पक्राउ
४ महिना अगाडि
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
४ महिना अगाडि
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
४ महिना अगाडि
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
Advertisement