शहीद सप्ताह सुरु, विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने

काठमाडौं / मंगलबारबाट शहीद सप्ताह सुरु भएकाे छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०-१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएकाे छ ।

बिज्ञापन

Advertisement

१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । साेही दिनकाे सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएकाे हाे । साथै  शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएकाे थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ।

बिज्ञापन

तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

यो पनि पढ्नुहोस

लागुऔषध सहित ४ जना पक्राउ
दुई जना फरार प्रतिबादी पक्राउ
समानुपातिक निर्वाचन पद्धती स्थानीय तहमा समेत थप गर्नुपर्दछ ः कोशी प्रदेश उपसभामुख सृजना दनुवार
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका गणेशकुमार नेपालीको शव आज नेपाल ल्याईयो
आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल : भिड्दै इङ्गल्यान्ड र श्रीलङ्का
एसीसी यू- १९ जितेर स्वदेश फर्केको नेपाली किक्रेट टोलीलाई विमानस्थलमा भव्य स्वागत
‘भष्मे डन’को २ करोड ४० लाखको ओपनिङ
Advertisement