जगदिश नागरी, डोटी : आदर्श गाउँपालिका वडा नं ७ को पहिलो बैठक सम्पन्न भएको छ । बैठकबाट निवर्तमान स्थानीय सरकारका पालामा भएका आर्थिक अनियमितता बारे छानबिन गर्न समिति गठन गरिएको छ । निवर्तमान वडाको सरकार रहँदा विवादमा आएका योजना, आर्थिक अनियमितताको आरोप लागेका योजना तथा व्यक्ति र जनप्रतिनिधिका विषयमा छानबिन गर्न वडा सचिव डम्मर राज ओझा सदस्य सचिव रहने गर्ने नवनिर्वाचित वडा सदस्य डमर बहादुर बागको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले अनियमितताको आरोप वा सत्यता बाहिर ल्याएर जनतालाई प्रष्ट जानकारी गराउने
नवनिर्वाचित वडा अध्यक्ष लाल बहादुर विष्ट ले जानकारी दिनुभयो । जनतालाई सूचनाको हकको प्रत्याभुति दिन वडा सार्वजनिक सूचना सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन समेत दिइएको छ । यो सँगै बैठकबाट वडा को नाममा रहेको जमीन मा रहेका घर टहरा खाली गरी भाडा लिने निर्णय गरेको छ । साथै, गाउँपालिका गरेको माधिरा सम्बन्धी निर्यण लाई कार्यान्वयन गर्ने निर्यण गर्ने निर्णय गरेको छ